Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025
काठमाडौं – करिब डेढ महिनाको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा १५५ किलो ४९ ग्राम सुन नियन्त्रण लिइएको छ । मंसिर १३ देखि पुस २४ गतेसम्ममा सो परिमाणमा सुन नियन्त्रणमा लिइएको हो ।
आइतबार अर्थ मन्त्रालय अन्तर्गत उच्चस्तरीय व्यवस्थापन समूहको बैठकमा विमानस्थल भन्सार प्रमुख महेश भट्टराईले सो परिमाणको सुन ३ हजार ५२० यात्रुबाट नियन्त्रणमा लिइएको जानकारी गराएका हुन् । उनका अनुसार नियन्त्रणमा लिइएको सुनको प्रचलित बजार मूल्य १ अर्ब २२ करोड रहेको छ ।
नियन्त्रणमा लिइएको सुनमध्ये १५४ किलो ४१५ ग्रामको राजस्व १४ करोड ७० लाख असुली गरिएको छ । नियन्त्रणमा लिइएकामध्ये ३ हजार ४५४ जना यात्रुले राजस्व भुक्तानी गरेर सुन लिएका हुन् ।
पछिल्लो समय सरकारले सुन तस्करीलाई नियन्त्रण गर्न विदेशबाट आउने यात्रुले ५० ग्राम मात्र सुन राजस्व छुटमा ल्याउन पाउने नियम लागू गरेको छ । तस्करले स्वदेश फिर्ता हुन लागेका कामदारलाई भरिया बनाएर सुन पठाउने गरेको समाचार आउने गरेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया