बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

काठमाडौँ – कोभिड १९ को संक्रमणले तेस्रो वेभ सिर्जना गर्दा बलिउडमा सुटिङ जारी रहेका फिल्मका काम बन्द हुने अवस्थामा पुगेका छन्। जनवरी १० मा मुम्बईको फिल्म सिटीमा रणवीर कपुर र आलिया भट्टको एउटा गीत सुटिङ हुँदै थियो फिल्म ‘रक्की और रानी की प्रेम कहानी’। करण जौहरको फिल्मका लागि हुँदै गरेको सुटिङ रोक्ने निर्णय भएको छ।

सुटिङका लागि फिल्मी सिटीमा युद्धस्तरमा तयारी भइरहेको थियो। सेटलाई भब्य रुपमा तयार पारिँदै थियो। यस्तोमा कोभिड १९ को असर तीब्र रफ्तारमा फैलियो। र, करणले मुम्बईमा त्यस्तो कुनै जोखिम लिन चाहेनन् जसबाट अपजस सहन परोस्। कलाकार मात्र होइन, सुटिङ युनिटका कोही पनि कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनुपर्ने उनको धारण थियो। त्यसैले उनले जोखिम उठाउन चाहेनन् र सहज अवस्थामा सुटिङ गर्ने निर्णयमा पुगे।

रक्की और रानी की प्रेम कहानी मात्र होइन, सलमान खान – कैटरिना कैफको ‘टाइगर थ्री’ र बिजय देवरकोन्डाको लाइगर पनि कोभिड १९ को विस्तारसँगै प्रभावित भए। दुवै फिल्मको सुटिङ रोकिएको छ।

 

तपाईको प्रतिक्रिया