शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौँ – अफगानिस्तानका पूर्वराष्ट्रपति अस्रफ घानी यो वर्ष अर्थात् सन् २०२१ का सबैभन्दा भ्रष्ट व्यक्तिको सूचिमा परेका छन् । अर्गनाइजेसन क्राइम एण्ड करप्सन प्रोजेक्ट (ओसीसीआरपी) द्वारा सन् २०२१ का सबैभन्दा भ्रष्ट व्यक्तिको सूचिमा घानी परेका हुन् ।

ओसीसीआरपी विश्वव्यापी मिडिया आउटलेट्सका लागि काम गर्ने एक गैर नाफामुखी खोजमुलक समाचार रिपोर्टिङ प्लेटफर्म हो । सो मिडिया प्लेटफर्मद्वारा हालै जारी रिपोर्टमा घानी भ्रष्ट व्यक्तिको सूचिमा परेका हुन् ।

समस्या र मृत्युको मुखमा पुगेका आफ्ना नागरिकको साथ छोडेको र भ्रष्ट एवम् अयोग्य भएका कारण घनी सो सूचिमा परेको ओसीसीआरपीले बताएको छ । ओसीसीआरपीको रिपोर्टअनुसार सो सूचिमा बेलारुसका राष्ट्रपति अलेक्जान्द लुकाशेको भ्रष्ट व्यक्तिको शीर्ष स्थानमा परेका हुन्।

तपाईको प्रतिक्रिया