शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौं – तालिबानले अफगानी महिलाहरुलाई एक्लै लामो दुरीको यात्रा गर्नमाथि प्रतिबन्ध लगाएको छ । यसमा उनीहरुले पुरुष आफन्त सँग भए मात्र यात्रा गर्न पाउने भनिएको छ ।

यो भनेको अफागनी महिला अधिकारमाथिको अर्को ठूलो प्रहार हो । हाल अफगानिस्तानका अधिकांश माध्यमिक तहका विद्यालयहरु छात्राहरुका लागि बन्द गरिएको छ भने प्रायः महिलालाई बाहिर काम गर्न पनि निषेध गरिएको छ ।

यस्तोमा मानव अधिकारवादी समुहले महिलाहरुलाई कैदी बनाउन यस किसिमका नियम लागू भइरहेको भनि अधिक चिन्ता जनाइरहेका छन् ।

यस किसिमको नियम लागू गराउनुको अर्थ महिलाहरुका लागि सबै अवसरहरु बन्द गराउनु हो भने उनीहरुलाई स्वतन्त्र रुपमा हिँडडुल गर्न नदिँदा घरेलु हिंसा सामना गर्नुपरेकाहरु घरबाट भाग्न समेत नसक्ने स्थितिमा पुग्ने बताइएको छ ।

तालिबानका प्रवक्ताले ७२ किलोमिटर भन्दा लामो दुरीको यात्रा गर्दा महिलाहरुले आफ्नो साथमा नजिको पुरुष आफन्त लैजानैपर्ने बताएका हुन् । यसमा गाडी मालिकहरुलाई मुख नछोपेका या इस्लामी पहिरन नलगाएका महिलाहरुलाई गाडीमै नबसाउन समेत निर्देशन दिइएको छ ।

तपाईको प्रतिक्रिया