शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौं – अमेरिकाले विभिन्न आठ अफ्रिकी मुलुकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । शुक्रबार अमेरिकाको ह्वाइट हाउसले गत महिना कोरोना भाइरसको ओमिक्रोन भेरियन्टसहितको सङ्क्रमण नियन्त्रणको लागि भन्दै लगाइएको भ्रमणको प्रतिबन्ध हटाइने बताएको हो ।

अमेरिकाले लगाएको भ्रमणको प्रतिबन्धको कारण आठ अफ्रिकी मुलुकमा अड्किएका विदेशी नागरिकहरूले डिसेम्बर ३१ पछि अमेरिका आउने अनुमति पाउने छन् । अमेरिकाले नोभेम्बर २९ मा ८ अफ्रिकी मुलुकबाट आउने सबैजसो सबै विदेशी नागरिकमाथि प्रतिबन्ध लगाएका थियो । ओमिक्रोन भेरियन्ट सबैभन्दा पहिला दक्षिण अफ्रिकामा देखिएको थियो ।

सोही भेरियन्टको सङ्क्रमण फैलिने डरले दक्षिण अफ्रिकी क्षेत्रका मुलुकहरूमाथि विश्वका धेरै मुलुकले प्रतिबन्ध लगाएका थिए । अहिले ओमिक्रोन भेरियन्टसहितको सङ्क्रमण विश्वका धेरैजसो मुलुकमा फैलिसकेकाले बिस्तारै अफ्रिकी मुलुकमाथिको प्रतिबन्ध पनि हट्ने क्रम सुरु भएको छ ।

तपाईको प्रतिक्रिया