आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडाैं – म्यानमारकी प्रजातन्त्रवादी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुचीलाई चार वर्ष जेल सजाय सुनाइएको छ । म्यानमारको एक अदालतले उनलाई आज उक्त सजाय सुनाएको हो ।

गत फेब्रुअरीमा सेनाले म्यानमारको सत्ता कब्जा गरेपनि सुची विरुद्ध परेका मुद्दामा म्यानमारको अदालतले पहिलो फैसला सुनाएको हो । अपदस्थ नागरिक सूचीलाई उक्साउने र र कोभिड-१९ नियम तोडेको आरोपमा चार वर्षको जेल सजाय सुनाएको हो । ७६ वर्षीया सुकीले उक्साउने, कोभिड-१९ प्रोटोकलको उल्लङ्घन र गोपनीयता ऐनको उल्लङ्घनलगायत करिब एक दर्जन आरोपको सामना गरिरहेकी छिन् ।

उनीमाथि लगाइएका सबै आरोप पुष्टि भए उनलाई एक सय वर्षभन्दा बढी जेल सजाय हुने अनुमान गरिएको छ । तर उनले आफूमाथि लागेका सबै आरोप अस्वीकार गर्दै आएकी छन् । गत फेब्रुअरीमा सेनाले सत्ता कब्जा गर्नुअघि सुची म्यानमारको स्टेट काउन्सीलर थिइन् ।

तपाईको प्रतिक्रिया