आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडाैं – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टबारे आत्तिनुपर्ने अवस्था नरहेको बताएको छ । यद्यपि यससँग लड्नका लागि तयार रहनुपर्ने डब्ल्यूएचओको भनाइ छ ।

डब्ल्यूएचओकी वरिष्ठ वैज्ञानिक सौम्या स्वामीनाथनले अहिलेको अवस्था एक वर्षअघिको तुलनामा निकै फरक रहेको बताएकी छिन् । उनले अहिले प्राप्त तथ्यांकअनुसार यो भेरियन्ट निकै संक्रामक रहेको पाइएको बताएकी छन् ।

अहिले ओमिक्रोन भेरियन्ट विभिन्न ४० मुलुकमा फैलिसकेको छ । अहिलेसम्म यो भेरियन्टलाई अहिले बजारमा रहेका खोपले काम गर्छ कि गर्दैन भन्ने खुल्न सकेको छैन । यसअघि दक्षिण अफ्रिकाका केही वैज्ञानिकले ओमिक्रोनले भेरियन्टले कोरोना खोपको प्रभावकारिता पनि कम गर्ने बताएका थिए । यद्यपि यस विषयमा निष्कर्षमा पुग्न थप अध्ययनको आवश्यकता रहेको उनीहरुको भनाइ छ ।

डब्ल्यूएचओ इमर्जेन्सिजका निर्देशक माइक रयानले अहिले विश्वभर निकै प्रभावकारी खोप उपलब्ध रहेको बताएका छन् । साथै उनले अहिले विश्वभर यी खोप वितरण गर्नेतर्फ ध्यान दिनु जरुरी रहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया