आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – वैदेशिक रोजगारीका लागि नेपालीहरुको प्रमुख रोजगारीका गन्तव्य मानिएको मलेसिया र सिंगापुरमा पनि कोभिड-१९को नयाँ भेरियण्ट ’ओमिक्रोन’ का संक्रमित फेला परेका छन् । दक्षिण अफ्रिकाबाट सिंगापुर हुँदै मलेसिया आइपुगेकी एक विद्यार्थीमा कोभिड-१९ को नयाँ भेरियण्ट भेटिएको हो ।

उनले कोभिडविरुद्दको खोपको पूर्ण मात्रामा खोप लगाएकी र २९ नोभेम्बरमा मात्र १० दिनको क्वेरन्टाइन समय समाप्त गरेकी मलेशियाका स्वास्थ्यमन्त्री खैरी जमालुद्दीनले पत्रकार। सम्मलेनमा जानकारी गराएका हुन् । खैरीले भनेकी छन् ‘संक्रमितसंगै बसको यात्रा गर्ने चालकसहित पाँच जनालाई पनि क्वारेन्टाइनमा राखेर कोभिड-१९ परीक्षण गरिएकोमा उनीहरुमा भने ओमिक्रोन भेटिएको छैन ।’

यसैगरी सिंगापुरमा पनि बुधबार जोहानेसबर्गबाट आएका दुई व्यक्तिमा ओमिक्रोनको संक्रमण फेला परेको छ । सिंगापुरको स्वास्थ्य मन्त्रालयले भनेको छ ‘संक्रमितहरुले कोभिड बिरुद्दको खोपको पूर्ण मात्रामा खोप लगाएको तथा र उनिहरुको नजिकको सम्पर्कमारहेकाहरूलाई सम्बन्धित स्वास्थ्य प्रक्रियाहरू अबलम्बन गरी अलग्गै राखिएको छ ।’

तपाईको प्रतिक्रिया