बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

काठमाडौं – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफूसँग देश चलाउन पैसा नभएको र ऋण बढ्दै गएको बताएका छन् । मंगलबार इस्लामावादमा आयोजित एक कार्यक्रममा पाकिस्तानी प्रधानमन्त्री खानले भने, ‘जसरी घरमा आम्दानी कम र खर्च बढी हुन्छ भने त्यो घर समस्यामा रहन्छ, पाकिस्तानको पनि त्यस्तै हालत छ ।’ इमरान खानले आफूहरूको सबैभन्दा ठूलो समस्या देश चलाउन धेरै पैसा नभएको र यसले गर्दा ऋण लिइरहेको बताए ।

उनले भविष्यका लागि बचत र लगानीका हिसाबले पाकिस्तान पछाडि परिरहेको दुःखेसो गरे । इमरान खानले भने, ‘पाकिस्तानमा कर संस्कृति कहिले विकास भएन । कर छली गर्नु खराब कुरा हो । यसलाई जनताले बुझ्न सकेनन् । म यस विषयमा सोचिरहेको छु- आखिर पाकिस्तानमा कर दिने संस्कृति किन छैन !’

उनले अगाडि भने, ‘निष्कर्षमा दुई-तीनवटा कुरा आए । पहिला हामी उपनिवेश थियौं, त्यसबेला विदेशीलाई किन कर तिर्नु भन्ने सोच थियो । विदेशीको शासनमा कर छली हुनु स्वाभाविक थियो । जसले यी करहरूले हामीलाई नै फाइदा पुग्छ भन्ने बुझेका छन्, उनीहरूको सोच फरक हुन्छ ।’

‘कर संस्कृतिलाई प्रोत्साहन मिलेन’
इमरान खानले भने, ‘हामी स्वतन्त्र भइसक्दा पनि शासक वर्गले कर तिर्ने संस्कृतिलाई प्रोत्साहन गरेन । तर शासक वर्गको जस्तो जीवन शैली थियो, त्यसले पनि जनतालाई लाग्यो- हामीले तिरको करले हाम्रो भलाइ हुने होइन, त्यही शासक वर्गलाई फाइदा पुग्ने हो ।’

तपाईको प्रतिक्रिया