Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – कर्मचारी सञ्चय कोषले इच्छाराज तामाङ सञ्चालक रहेको सिभिल इस्टेट्स प्रा.लि. (सीटीसी मल) ले ऋण नतिरे लिलामीको चेतावनी दिएको छ । कोषले सोमबार ३५ दिने सूचना जारी गर्दै सबै ऋण तिर्न वा तिर्नुपर्ने किस्ता नियमित गर्न भनेको छ ।

सो अवधिभित्र ऋण तिर्न नआएमा धितोमा रहेको सीटीसी मल लिलाम गरी बिक्री गरिने कोषले जनाएको छ । कोषबाट लिएको ऋणको भाखा नाघेको, ऋणको साँवा व्याज रकम तिर्न पटक-पटक गरेको ताकेता गर्दा पनि नतिरेको भन्दै कोषले सीटीसी मल लिलामी प्रक्रिया अगाडि बढाएको हो । उद्योग विभागमा २०६४ असोज ९ गते दर्ता भएको सिभिल इस्टेट्स प्रा.लि.का सञ्चालकहरू इच्छाराज तामाङसहित धनकुटा स्थायी घर भएका शिवलाल श्रेष्ठ र ललितपुर स्थायी घर भएका विजय कुमार मुखिया हुन् ।

उनीहरूले काठमाडौँस्थित सुन्धारामा रहेको सीटीसी मल धितो राखेर कोषबाट ऋण लिएका थिए । उक्त मलमा ६ रोपनी क्षेत्रफलमा फैलिएको छ भने त्यहाँ ८२ हजार ९५ वर्गफिट बराबरको १३२ पसलहरू छन् । कोषलाई तिर्नुपर्ने रकम लिलामी गर्दा पनि पूरा नभएमा ऋण दिँदा जमानी बसेकाहरूबाट समेत असुल उपर गर्ने जनाएको छ ।

कोष स्रोतमा अनुसार कम्पनीले करिब २० करोड रुपैयाँ ऋण तिर्न बाँकी छ । नियमित रूपमा सावाँ र ब्याज नतिरेपछि सूचना निकालिएको कोषका एक अधिकारीले बताए । सिभिल ग्रुपका अध्यक्ष तामाङ सिभिल सहकारीको निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा प्रहरी हिरासतमा छन् ।

तपाईको प्रतिक्रिया