Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं – लियोनल मेसीले फ्रेन्स लिग वानमा पहिलो गोल गर्नुका साथै काइलियन एमबाम्पेले करिअरकै सबभन्दा छिटो गोल गरेको दिन पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शनिबार राति नान्ट्सलाई ३–० ले हराएको छ । मेसीले खेल सकिन तीन मिनेट बाँकी हुँदा गोल गर्दै पीएसजीको जित पक्का गरेका थिए । एमबाप्पेको दिएको पास नियन्त्रणमा लिएर मेसीले विपक्षी रक्षकलाई कटाएर हानेको ‘सिंग्नेचर सट’लाई नान्ट्सका गोलकिपर अल्बान लफोन्टले रोक्न सकेनन् ।

यसै सिजनको सुरुमा बार्सिलोनाबाट पीएसजी आएका मेसीले च्याम्पियन्स लिगमा तीन गोल गरे पनि लिगको अघिल्ला पाँच खेलमा गोल गर्न सकेका थिएनन् । उनको यो पहिलो लिग गोल हो ।

त्यसअघि पीएसजीले दोस्रो मिनेट वित्न नपाउँदै एमबाप्पेको गोलबाट अग्रता लिएको थियो । जुन २०१७ पछि पीएसजीले सबभन्दा चाडो गरेको गोल हो । एमबाप्पेको भने करिअरकै सबभन्दा चाडो गरेको गोल हो । जारी सिजन एमबाप्पेको यो सातौं गोल हो । ६५औं मिनेटमा पीएसजीका गोलकिपर केलर नाभासले रातो कार्डको सामना गरेपछि घरेलु टोली दश खेलाडीमा सीमित भएको थियो । त्यसको १० मिनेटपछि भ्रमणकारी नान्ट्सका रन्डल कोलो मुएनीले बराबरी गोल फर्काएका थिए ।

८२ मिनेटमा डेनिस एप्पीले गरेको आत्मघाती गोलबाट पीएसजीले पुनः अग्रता लियो । मेसीले हानेको बल क्लियर गर्न खोज्दा एप्पीले आफ्नै पोष्टमा गोल गरेका थिए । जारी सिजन घरेलु मैदानमा अपराजित नतिजालाई कायम राखेको पीएसजीले जितसँगै १४ खेलबाट ३७ अंक जोडेको छ । जुन दोस्रो स्थानको रेनेसभन्दा १२ अंकले अगाडि हो । पराजित नान्ट्स १८ अंकका साथ ११औं स्थानमा छ । पीएसजीले अब च्याम्पियन्स लिगका लागि म्यानचेस्टर सिटीको भ्रमण गर्नेछ । पीएसजीले पहिलो लेगमा सिटीलाई २–० ले हराएको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया