Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

टोकियो – आपूर्ति शृङ्खलामा उत्पन्न सङ्कटका कारण मोटर उद्योग मारमा परेसँगै जापानको निर्यात सुस्ताएको छ । अक्टोबरमा निर्यात ९ दशमलव ४ प्रतिशतले मात्रै बढेको छ । यो आठ महिना यताकै न्यून वृद्धि हो । त्यस्तैगरी यो प्रक्षेपण गरिएको भन्दा कम हो ।

योसँगै लगातार सात महिनादेखि निर्यातमा दोहोरो अङ्कको वृद्धिको क्रम तोडिएको छ । विशेष गरी कारको निर्यातमा आएको कमीका कारण निर्यात प्रभावित भएको हो । सन् २०२० को सोही अवधिको तुलनामा अक्टोबरमा कारको निर्यात करिब ३७ प्रतिशतले घटेको छ । जापानको सबैभन्दा ठूला दुई ओटा व्यापार साझेदार चीन र अमेरिकातर्फको निर्यात करिब आधाले घटेको अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ ।

आयात अपेक्षाकृत सुस्त अर्थात् २६ दशमलव ७ प्रतिशतले बढेको छ ।आपूर्ति शृङ्खलामा देखिएको समस्याका कारण यस वर्ष विश्वभरका अर्थतन्त्र प्रभावित भएका छन् । विशेषगरी कम्प्युटर चिपको अभावका कारण कार निर्माता कम्पनीहरू मारमा परेका छन् ।

तपाईको प्रतिक्रिया