Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टोकियो – पूर्वी जापानको निगाता स्टेसनमा ड्राइभरबिनाको बुलेट रेल परीक्षण सुरु भएको छ । ईस्ट जापान रेलवे कम्पनीले बुधबारदेखि ड्राइभरविनाको बुलेट रेल परीक्षण सुरु गरेको हो ।

व्यावसायिक प्रयोजनका लागि प्रयोगमा ल्याइएको ड्राइभरबिनाको सो बुलेट ट्रेन जापानको पहिलो भएको बताइएको छ । रिमोटबाट चल्ने बुलेट रेलको स्विच अटोमेटिक मोडमा राखेपछि चल्ने बताइएको छ । अक्टोबर २९ मा पहिलो चरणको परीक्षण गरिएको सो बुलेट रेल बुधबार सञ्चारकर्मी र सर्वसाधारणको उपस्थितिमा परीक्षण गरिएको बताइएको छ ।

जापानमा सम्भावित कामदार अभावका कारण ड्राइभरबिना अर्थात् रिमोटबाट चल्ने बुलेट रेल सञ्चालनमा ल्याउन थालिएको स्थानीय मिडियामा खबर छ । रिमोटबाट चल्ने सो बुलेट रेल प्रतिघण्टा ११० किलोमिटरको गतिमा कुद्ने बताइएको छ । जापानी सञ्चारमाध्यमहरूका अनुसार सो परीक्षण सफल भएमा रिमोट नियन्त्रित बुलेट रेल चाडै निरन्तर सञ्चालनमा ल्याउने बताइएको छ ।

रिमोट नियन्त्रित बुलेट रेल र ड्राइभरद्वारा सञ्चालन हुने रेलमा अधिक समानता रहेको अधिकारीहरूले बताएका छन् । रिमोट नियन्त्रित बुलेट रेलजस्तै मोनोरेल सेवा लगायत केही सेवा जापानमा परिचित छन् ।

तपाईको प्रतिक्रिया