आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – जापानमा यस वर्षको हिउदको पहिलो बर्ड फ्लूको घटना सार्वजनिक भएको छ । देशको उत्तरपूर्वमा रहेको कुखुरा फार्ममा अत्यधिक संक्रामक एभियन इन्फ्लुएन्जा पुष्टि भएको छ।

जापानको कृषि मन्त्रालयले एक विज्ञप्तिमा बर्ड फ्लूको प्रकोपका कारण आकिता प्रिफेक्चरको याकोटे सहरको फार्ममा १,४३,००० अण्डा दिने कुखुरा मार्न लागिएको जनाएको छ । उक्त स्थानबाट १० किलोमिटरसम्मको दूरीलाई प्रतिबन्धित क्षेत्र घोषणा गरिएको पनि मन्त्रालयले जनाएको छ । साथै मन्त्रालयले यस दायरा भित्रका छवटा फार्महरूलाई कुखुरा र अण्डा स्थानान्तरण गर्न प्रतिबन्ध लगाएको छ।

प्रीफेक्चरल सरकारका अनुसार, सोमबार र मङ्गलबारको बीचमा फार्ममा करिब १९० कुखुरा मरेका थिए र तीमध्ये १२ वटामा भाइरस पत्ता लागेको थियो।

कोरोना महामारीसँग लडिरहेको जापानमा बर्ड फ्लूको महामारीले चिन्तित बनाएको छ। प्रिफेक्चरले मद्दतको लागि सेल्फ डिफेन्स फोर्सहरू पठाउन अनुरोध गरेको जापानी संचार माध्यमहरुले जनाएका छन्।

गत हिउँदमा, देशका पोल्ट्री फार्ममा संक्रमणले विकराल रुप लिएको थियो । देशका करिब एक चौथाई प्रदेश प्रभावित भएका थिए । जसलाई ४ वर्ष यताकै सबैभन्दा ठूलो लहर बताइएको थियो ।

बर्ड फ्लू कुखुराको कडाखाले संक्रामक रोग मानिन्छ । संक्रमित पन्छीको सम्पर्कमा आउनाले यसको संक्रमण मानिसमा फैलन्छ । यो अत्यन्तै संक्रामक भाइरस रोग हो । जसका कारण कुखुरा पालन व्यवसायले ठूलो क्षति बेहोर्नुपर्ने हुन्छ । आर्थिक वर्ष २०२० मा जापानमा ७४ करोड ३० लाखभन्दा बढी ब्रोइलर कुखुरा उत्पादन भएको थियो ।

तपाईको प्रतिक्रिया