बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ७१ हजार ३४४ जना कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा ३ लाख ७७ हजार ६९५ जना संक्रमणमुक्त भएका छन् भने ८ हजार ४८२ संक्रमितको मृत्यु भएको छ । थपिनेमा सबैभन्दा धेरै अमेरिकामा ७४ हजार २६, बेलायतमा ४३ हजार ९४१, रुसमा ३६ हजार ५८२, टर्कीमा २६ हजार ८९६, ब्राजिलमा १७ हजार १८४ र भारतमा १६ हजार ३४२ जना छन् ।

मृत्यु हुनेमा अमेरिकामा एक हजार ४६९, रुसमा एक हजार १२३, भारतमा ७३४, ब्राजिलमा ४३३, टर्कीमा २१० र बेलायतमा २०३ जना छन् । संक्रमणमुक्त हुनेमा अमेरिकामा ७३ हजार १९७, बेलायतमा ३३ हजार ९०५, टर्कीमा ३० हजार ५४२, रुसमा २९ हजार १५१, ब्राजिलमा २१ हजार २०९ र भारतमा १७ हजार ४७ जना छन् ।

तपाईको प्रतिक्रिया