बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

काठमाडौँ – सर्वोच्च अदालतका न्यायाधीशहरु इजलासमा नबसे पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बुधबार एउटा एकल इजलाससमेत १२ वटा इलजास राख्नुभएको छ ।

न्यायाधीशको बहिष्कारका कारण दुई दिन लगातार सर्वोच्च अदालतको कुनै पनि इजलास बस्न नसकेका बेला प्रधानन्यायाधीश आफैंले एकल इजलास तोकी आफ्नै बचाउ गर्नुभएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले बुधबारका लागि सर्वोच्च अदालतमा दीपककुमार कार्की, मीरा खड्का, विश्वम्भर श्रेष्ठलगायत पाँच जनाको पूर्ण इजलास तोक्नुभएको थियो । अरू इजलासमा सुनुवाइ हुन नसके पनि प्रधानन्यायाधीश जबराले आफ्नो एकल इजलासमा सुनुवाइ गरी अदालतको अवहेलना, बन्दी प्रत्यक्षीकरण र कालोबजारी तथा अन्य केही कसूरसम्बन्धी मुद्दामा आदेश जारी गर्नुभएको छ ।

यसलाई न्यायाधीशहरूले मुद्दा नहेरेपछि आफ्नो एकल इजलास राखेर मुद्दा हेर्दै अरूमाथि दबाब बढाउने प्रयासका रूपमा न्यायाधीशहरुले लिएका छन् । न्यायाधीशहरुले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै इजलास बहिष्कार गरेका हुन् ।

 

तपाईको प्रतिक्रिया