सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

काठमाडौं – इन्डोनेसियाले जैविक इन्धन (बायोभ्टुर जे २.४) को प्रयोग गरी जुम्ल्याहा इन्जिन भएको विमानको सफलतापूर्वक उडान परीक्षण गरेको छ ।

बायोभ्टुर जे २.४ एक मिश्रित इन्धन हो जुन २.४ प्रतिशत परिष्कृत पाम तेलबाट बनेको हुन्छ । मध्यम दुरीको परीक्षण उडानका क्रममा ऊर्जा तथा खनिज स्रोत मन्त्री अरिफिन तस्रिफले आफूहरूले नयाँ इतिहास रच्न सफल भएको बताए ।

पाम तेलमा आधारित बायोडीजल मिश्रण इन्धन भू–यातायातमा प्रयोग गरिएको छ अब त्यसलाई हवाई यातायातमा पनि प्रयोग गरिने उनले जानकारी दिए ।

उडान परीक्षण १० हजारदेखि १६ हजा फिट को उचाइमा उडान गर्ने विमानसँगै गरिएको थियो । उक्त परीक्षणबाट जेट एवान इन्धन र जेटु.४ को उपयोग गर्ने विमान र यसमा समानता पाइएको छ । यातायातमन्त्री बुडी कार्यासुमादीले यो परीक्षणको सफलता देश भित्रको मात्र नभएर अन्तर्राष्ट्रिय रूपमै फाइदाजनक हुने बताए । एजेन्सी

तपाईको प्रतिक्रिया