सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

काठमाण्डाै – अमेरिकाले चीन र ताइवानबीच बढ्दो तनावप्रति चासो व्यक्त गरेको छ । ताइवानको आकाश र आसपासको समुद्री क्षेत्रमा बढ्दो चीनको सैन्य प्रभावलाई लिएर अमेरिकाले चासो व्यक्त गरेको हो ।

चीनले लगातार चार दिनसम्म ताइवानको हवाई क्षेत्रमा दर्जनौँ फाइटर जेट उडाएपछि ताइवानले विरोध जनाइरहेको छ । ताइवानले आफूलाई स्वतन्त्र देश बताउँदै आएको छ । तर चीनले भने ताइवानलाई बृहत् चिनको एक महत्त्वपूर्ण अङ्ग मान्दै आएको छ । ताइवानमाथि चीनको थिचोमिचो बढ्दै गए आफूहरुले पनि सैन्य कदम चाल्न बाध्य हुनुपर्ने दिन आउन सक्ने अमेरिकाले चेतावनी दिएको बीबीसीको खबरमा उल्लेख छ ।

चीन  र ताइवानबीच सन् १९४९ देखि विवाद चल्दै आएको छ । विश्वका १५ देशले मात्र ताइवानलाई स्वतन्त्र राष्ट्र मान्छ भने अरु देशहरुले ताइवानलाई चीनको एउटा प्रान्तका रुपमा मान्दै आएका छन् ।

तपाईको प्रतिक्रिया