सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

काठमाडौं — जर्जियाका प्रधानमन्त्री इराक्ली गरिबाश्भीलीले राजीनामा दिनसक्ने बताइएको छ।  गत फेब्रुअरीमा मात्रै प्रधानमन्त्रीको जिम्मेवारी सम्हाले उनले निर्वाचनमा नराम्रो नतिजा आएपछि राजीनामा गर्नुपर्ने माग उठेको छ।

यही अक्टोबर २ तारिखका दिन भएको निर्वाचनमा उनको पार्टी जर्जियन ड्रिम पार्टीले नराम्रोसँग हार बेहोरेको छ।  पार्टीको उच्च स्रोतलाई उद्धृत गर्दै उनले राजीनामा दिनसक्ने समाचार स्थानीय सञ्चार माध्यमहरूले प्रकाशन तथा प्रसारण गरेका छन्।

देशभरका सहर तथा जिल्लाहरूमा मेयर तथा सांसद चयनका लागि निर्वाचन भएकोमा उनका अधिकांश उम्मेदवार पराजित भएका जनाइएको छ।

तपाईको प्रतिक्रिया