सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

काठमाडाैं – तपाईँले हवाई जहाजलाई आकाशमा उडेको देख्नु भएको होला, रन वे’मा दौडिरहेको पनि देख्नु भएको होला तर सायदै कसैले विमानलाई पुल मुनी फसेको देख्नु भएको छैन ।

सोसल मिडियामा एउटा भिडियो भाइरल भइरहेको छ जसमा एयर इन्डियाको एउटा विमान आकाशे पुलमुनि फसेको देख्न सकिन्छ । यो एउटा बिग्रिसकेको विमान थियो । बीबीसीमा प्रकाशित जानकारीका अनुसार यो विमानलाई बेचिएको थियो । खबरका अनुसार यो विमानलाई कतै लैजाँदै गरेका बेला आकाशे पुल मुनी फसेको हो ।

भाइरल भएको भिडियोमा विमान नजिकैबाट सवारीसाधन गुडिरहेको देख्न सकिन्छ । विमानका पखेटा देखिएका छैनन् र यहीँबाट सवारीसाधन यात्रा गरिरहेका छन् । भिडियो ट्विट गर्ने एक पत्रकारले एयर इन्डियाको एक बयान साझा गर्दै एयर इन्डिया एयर लाइनको अब यो विमानसँग कुनै सम्बन्ध नभएको बताएका छन् ।

बयानमा भनिएको छ, ‘यो एयर इन्डियाको बिग्रिसकेको विमान हो जुन बेचिएको थियो । यसलाई खरिद गर्नेले यसलाई हिजो राति लैजाँदै थिए । एयर इन्डियाको यो विमान र योसँग सम्बन्धित कुनै पनि परिस्थितिसँग कुनै सम्बन्ध छैन ।’

भिडियोलाई ट्विटर र युट्युबमा हजारौँ पटक हेरिइसकेको छ । थुप्रै मानिसहरूले भिडियोमाथि कमेन्ट गरेर आखिर यो विमान कसरी फस्यो भनेर जान्न चाहे । यो भिडियो भाइरल भएसँगै केही मानिसहरूले यो विमान पछिल्ला केही दिनदेखि फसेको बताए । यता केही मानिसहरूले भने विमान लैजाँदै गर्दा त्यसको रुटबारे पनि जानकारी लिनुपर्ने धारणा व्यक्त गरे ।

तपाईको प्रतिक्रिया