सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

काठमाडौं – अन्तरिक्षमा फिल्मको शुटिंग हुने भएको छ । अन्तरिक्षमा शुटिंग गर्ने पहिलो देश भने रुस हुने भएको छ । यसअघि ग्रेभिटी, इन्टरस्टेलर, स्टोअवे जस्ता अन्तरिक्षमा आधारित फिल्म बनेको भएपनि ती फिल्मको शुटिंग स्पेसमा भएको थिएन ।

तर अब रुसका फिल्म निर्देशक क्लिम शिंपेले आफ्नो आउँदो फिल्म च्यालेन्जको शुटिंग अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा गर्न लागेका हुन् । नासाका अनुसार रसियन अभिनेत्री युलिया पेरसिल्ड, निर्देशक शिंपे र अन्तरिक्ष यात्री एन्टोन  श्काप्लेरोव स्पेस स्टेशनका लागि उडान भरेका छन् रुसी अन्तरिक्ष एजेन्सी रोस्कोस्मोसले तीन जना रहेको अन्तरिक्ष यानलाई अन्तर्राष्ट्रिय स्पेस स्टेशनका लागि लन्च गरेको हो ।

च्यालेन्ज फिल्मको यो टिम १२ दिनसम्म स्पेस स्टेशनमा रहने बताइएको छ । स्पेसमा यस फिल्मको ३५ देखि ४० मिनेटको शुटिंग गरिने तयारी रहेको छ । यो फिल्म एक महिला डाक्टरको कथामा बन्न लागेको छ, जसले एक अन्तरिक्ष यात्रीलाई बचाउन अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा गएकी हुन्छिन् ।

स्पेस स्टेशनमा फिल्मको शुटिंगका लागि रुसले अमेरिकालाई जितेको छ । यसअघि अमेरिकी अभिनेता टम क्रुजले पनि स्पेस स्टेशनमा शुटिंग गर्न सक्ने बताइएको थियो ।

तपाईको प्रतिक्रिया