सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

काठमाडाैं – तालिबानले देश कब्जा गरेपछि काबुलबाट एक सयभन्दा बढी सङ्गीतका विद्यार्थी र शिक्षकहरूले अफगानिस्तान छाडेका छन् । अफगानिस्तानको शीर्ष म्युजिकल इन्स्टिच्युटका १०१ सदस्यहरू सोमबार साँझ दोहा पुगेका छन् ।

उक्त समूहका अहमद सरमस्तले देशको नयाँ नेतृत्वबाट गीत-सङ्गीत क्षेत्रमा दमन हुन सक्ने भयले देश छाडेको जनाएका छन् । अफगानिस्तान नेशनल इन्स्टिच्युट अफ म्युजिकका संस्थापक सरमास्तले भने, ‘ती महिला र केटीहरू मध्ये लगभग आधा महिला र केटीहरू त्यहाँको सरकारको सहयोगमा पोर्चुगल जाने योजनामा छन् ।’

काबुलस्थित कतारी दूतावासको सहयोगमा संगीतकारहरूलाई सानो-सानो समूहमा विभाजित गराएर सहरको विमानस्थलसम्म पुराइएको थियो । तालिबान लडाकुहरूले काबुलमा कब्जा जमाएपछि तालिबानहरूले विमानस्थलको व्यवस्थापन गरिरहेका थिए । तालिबानहरूले महिला तथा बालबालिकालाई बाहिर जान अवरोध गरिरहेका थिए तर कतारी अधिकारीहरूले भने त्यसको सहज व्यवस्थापन गरिदिएका थिए ।

तपाईको प्रतिक्रिया