सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

काठमाडाैं – कोरोना भाइरसको महामारीका कारण बन्द भएको पर्यटन आवागमन इन्डोनेसियामा पनि सुरु हुन लागेको छ । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पर्यटकीय क्षेत्र बालीमा विदेशी पर्यटकहरुलाई भ्रमणका लागि अनुमति दिन लागिएको हो ।

अन्तर्राष्ट्रिय उडानबाट बाली आउन चाहनेहरुलाई आगामी अक्टोबर १४ देखि खुल्ला गरिने अधिकारीहरुको भनाइ छ । दक्षिण कोरिया, चीन, जापान, न्युजिल्यान्डसँगै यूएई, दुबईलगायत देशका पर्यटकहरुलाई स्वागत गर्न लागिएको अधिकारीहरुले जनाएका छन् ।

भ्रमणका लागि आउनेहरुलाई अनुमति दिनु पूर्व इन्डोनेसियाको होटलमा कम्तीमा आठ दिन बुकिङ गरेको प्रमाण देखाउनु पर्ने व्यवस्था गरिएको छ। त्यो अवधिमा क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था गरिएको हो ।

त्यसैगरी पर्यटकहरुले स्वास्थ्य परीक्षण गरी निरोगी भएको वा कोरोनाभाइरसबाट सङ्क्रमित नभएको प्रमाण पनि पेस गर्नुपर्ने सर्त राखिएको छ । सरकारले स्वदेशी तथा विदेशी सबैलाई सामाजिक दूरी कायम गर्न, मास्क लगाउन र अन्य स्वास्थ्य सतर्कताहरु अपनाउन पनि सबैलाई आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया