सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

काठमाडौं — उत्तरी र पूर्वी केन्यालाई खडेरीले तहसनहस पारेको छ। नोभेम्बरसम्ममा त्यहाँ कम्तीमा पनि २४ लाख मानिसलाई जटील खाद्यान्न अभाव हुने खतरा रहेको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले चेतावनी दिएको छ।

गतवर्ष पनि त्यहाँ खाद्यान्न अभाव भएको थियो। यो गतवर्षको तुलनामा झन्डै तीन गुणाले वढी भएको डब्ल्यूएफपीले जनाएको छ।

पूर्वी अफ्रिकी मुलुकी मुलुक केन्यामा हालैका वर्षहरूमा एकपछि अर्को विपत्तिले यहाँको अर्थव्यवस्थालाई धरासायी बनाएको छ। डिसेम्बर २०१९ मा सलहको आक्रमण र सन् २०२० र २०२१ मा कम वर्षा भएका कारण सुक्खाको कारण खाद्यान्नको आपत्कालीन अवस्थाको सिर्जना भएको हो।

राष्ट्रिय खडेरी व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार राष्ट्रपति उहुरु केन्याट्टाले गत महिना खडेरीलाई प्राकृतिक विपत्ति घोषणा गरेका थिए । यहाँ दुई लाख १० हजार मानिसले भोकमरीको सामना गरिसकेका छन्।

संयुक्त राष्ट्रसङ्घीय निकाय डब्ल्यूएफपीको भयावह प्रक्षेपण गत वर्ष अक्टोबर र डिसेम्बरबीच रेकर्ड गरिएको तथ्याङ्कभन्दा झन्डै तीन गुणा बढी छ । उक्त समयमा साढेआठ लाखभन्दा बढी मानिसहरूले गम्भीर खाद्य असुरक्षाको सामना गरेका थिए।

‘यो खडेरी कोभिड–१९ को ठीक पछाडि आएको छ। जसले जीवनयापनमा ठूलो आर्थिक प्रभाव पारेको छ,’ डब्ल्यूएफपी प्रतिनिधि लरेन ल्यान्डिसले भने।

अक्टोबर महिनामा हुने वर्षा पनि खाद्यान्न समस्या सम्बोधन हुनेगरी नभएको र यसको कारण केन्यामा खाद्यान्न अभावको अत्यन्तै खतरनाक परिस्थिति आउने अवस्था सिर्जना भएको छ।

‘केन्यामा हामीले भोगेको अन्तिम ठूलो खडेरीका कारण आएको सन् २०१७ को खाद्यान्न सङ्कटको स्तरमा हामी पुग्दैछौँ,’ लरेसले भने, ‘मेरो विचारमा हामीले आगामी महिना खाद्यान्न अभाव भएका थप २५ लाख मानिसलाई हेर्नुपर्नेछ।’

तपाईको प्रतिक्रिया