बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

काठमाडाैं – कोरोनाभाइरस महामारी फैलिएको अब एक वर्षभन्दा धेरै भइसकेको छ । तर, अष्ट्रेलियाले सुरु देखि लगाएको सीमा नाका अन्तराष्ट्रिय पर्यटक तथा विदेशबाट आउनेहरुका लागि खोलेको थिएन । अब पहिलो पटक अष्ट्रेलियाकै राज्यहरुबीचका सीमाहरु खुल्ने भएका छन् ।

यही नोभेम्बरदेखि अष्ट्रेलियाले सीमाहरु खोल्ने बताएको छ । जसले कोरोनाविरुद्धको भ्याक्सिन लगाएका छन्, उनीहरुलाई सीमाबाट प्रवेश दिइने पनि अष्ट्रेलियाले जनाएको छ । अष्ट्रेलियाले गत वर्ष मार्चमा कोरोना संक्रमण फैलिएपछि सीमाहरु बन्द गरेको थियो । कतिसम्म भने अष्ट्रेलियाले आफ्ना नागरिकलाई पनि देशबाट बाहिर जान प्रतिबन्ध लगाएको थियो ।

अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले अब अष्ट्रेलियाली नागरिकलाई उनीहरुको जीवन फिर्ता दिने बताएका छन् । उनले शुक्रबार भनेका छन्, ‘कुनै पनि राज्यमा भ्याक्सिन दिने काम ८० प्रतिशत सकिएको भए त्यहाँका नागरिकहरु यात्रा गर्न पाउनेछन् ।’

अष्ट्रेलियाले विदेशी नागरिकलाई अझै पनि यात्राको अनुमति दिएको छैन । तर, केही समयमा नै पर्यटकलाई ल्याउने काममा आफू लाग्ने त्यहाँको सरकारले जनाएको छ ।

तपाईको प्रतिक्रिया