बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

काठमाडौं — नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य कतारमा कोरोना महामारी दिन प्रतिदिन कम हुँदै गएको छ । यो सँगै संक्रमण नियन्त्रणका लागि गरिएको प्रतिवन्ध खुकुलो पारिने भएको छ ।

कतारको मन्त्रिपरिषद बैठकले कोरोना महामारी नियन्त्रणका लागि गरिएका प्रतिबन्ध क्रमिक रुपमा खुकुलो पार्दै लाने निर्णय गरेको छ।

प्रधानमन्त्री शेख खालिद बिन खलीफा बिन अब्दुलाजीज अल-थानीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले  अक्टोबर ३ तारिखदेखि हुने सार्वजनिक कार्यक्रम, मार्केट, समारोह, मस्जिद, विद्यालय, अस्पताललगायत सार्वजनिक स्थानहरु बाहेक अन्य स्थानमा मास्क अनिवार्य नपर्ने निर्णय गरेको छ ।

सरकारी र निजी क्षेत्रका कर्मचारीहरु पूर्ण क्षमतामा आफ्नो कार्यस्थलमा फर्कन पाउने पनि निर्णय गरिएको छ । यस्तै खोप नलगाएका कर्मचारी र कामदारहरुको र्‍यापिड परीक्षण गरिने भएको छ ।

तपाईको प्रतिक्रिया