बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

काठमाडाैं – उत्तर कोरियाले मङ्गलवार ‘हाइपरसोनिक’ क्षेप्यास्त्रको सफल परीक्षण गरेको जनाएको छ । सो क्षेप्यास्त्र हालसालै उत्तर कोरियामा निर्माण भएको उत्तर कोरियाली सरकारी समाचार समिति केसिएनएले जानकारी दिएको हो ।

‘ह्वासङ्-८’ नाम दिइएको नयाँ क्षेप्यास्त्र उत्तर कोरियाको पाँच वर्षे सैन्य विकास योजना अन्तर्गत तयार गरिएका ‘महत्त्वपूर्ण पाँच हतियार’ प्रणाली मध्ये एक भएको सरकारी सञ्चार माध्यमहरूले जनाएका छन् । उनीहरूले नयाँ क्षेप्यास्त्र ‘रणनीतिक हतियार’ भएको जनाएका छन्। जस अन्तर्गत साधारणतया आणविक क्षमताका हतियारहरू भन्ने बुझिन्छ ।

साधारण क्षेप्यास्त्र भन्दा ‘हाइपरसोनिक’ क्षेप्यास्त्रले तीव्र र थप लक्ष्य भेदन गर्न सक्ने क्षमता हुने भएकाले क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीबाट रोक्न कठिन हुने बीबीसीले जनाएको छ  ।

तपाईको प्रतिक्रिया