सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

काठमाडौं — म्यानमारको एउटा सहरमा सैनिक र सैनिक कूको विरोधी लडाकुबीच भीषण युद्ध हुँदा त्यहाँका लगभग पूरै मानिसहरूले सहर छोडेका छन् । थन्टलाङमा साताभर चलेको युद्धका कारण त्यहाँका करिब ८ हजार मानिसले घर छोडेका हुन् । हजारौँ मानिसहरू नजिकैको सीमा पार गरी भारत गएको ठानिएको छ ।

विस्थापित मानिसहरूलाई सहयोग गरिरहेको एउटा संगठनका एक जना प्रवक्ताले सुरक्षा बलले घरहरूमा गोली प्रहार गर्न सुरु गरेपछि मानिसहरू भागको बताए । “करिब सय प्रतिशत मानिसहरू भागेका छन् । नागरिक अवज्ञा आन्दोलनमा सहभागी नभएका सरकारी कर्मचारी र सेनाका फौजहरू मात्र सहरमा छन्,” एक बासिन्दाले भने ।

लडाइको समयमा तोपहरूद्वारा थुप्रै घरहरूमा आगलागी गराइएको थियो । रोयटर्सका अनुसार करिब २० घरहरू जलेका थिए । सैनिकले एक जना क्रिश्चियत पास्टरलाई गोली हानी मारिदिएको बताइएको छ ।

म्यानमारको सैनिकले गएको फेब्रअरीमा कू गरेर सत्ता कब्जा गरेपछि ठूला प्रतिरोधहरू भए । त्यसको विरोधमा विरोधी लडाकुको गठनसमेत भयो ।

एक नागरिक समाजका प्रमुखका अनुसार गएको हप्ताभरि भारतको मिजोरम राज्यमा म्यानमारबाट साढे पाँच हजार मानिसहरू गएका छन् ।

जेनरल मिन आङ लियाङ जो आफूलाई प्रधानमन्त्री पनि भन्छन्, उनले अगस्टमा संकटकाल लम्बिन सक्ने बताएका थिए ।

फेबु्रअरीमा सैनिक कू भएपछि देशभर प्रर्दशनहरू फैलिएका छन् । जवाफमा सुरक्षा बलले क्रुर दमन गरिरहेको छ । एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्सका अनुसार सैनिक दमनमा एक हजारभन्दा बढी मारिएका छन् भने ६ हजार भन्दा बढी पक्राउ परेका छन् ।

तपाईको प्रतिक्रिया