सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

काठमाडाैं – तालिबानले यसै हप्तामा न्यूरोर्कमा हुन गइरहेको संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न पाउनुपर्ने माग राखेका छन् ।

तालिबानका विदेशमन्त्री अमीर खान मोत्तकीले सोमबार पत्राचार गर्दै महासभालाई सम्बोधन गर्न पाउनुपर्नेबारे अनुरोध गरेका हुन्। यसबारे संयुक्त राष्ट्रको एक समितिले निर्णय गर्नेछ । तालिबानले आफ्ना प्रवक्ता सुहैल शाहिनलाई संयुक्त राष्ट्रमा आफगानिस्तनका प्रतिनिधि नियुक्त गरेसँगै यो माग अघि सारेको हो ।

अघिल्लो महिनामात्रै अफगानिस्तानमाथि नियन्त्रण जमाएका तालिबानले यो भन्दा अघि राष्ट्रसंघमा अफगानिस्तानको प्रतिनित्व गरिरहेकाले अबदेखि नगर्ने बताएको छ । संयुक्त राष्ट्रका एक प्रवक्ताका अनुसार तालिबानको अनुरोधमाथि एक समितिले निर्णय गर्नेछ । उक्त समितिमा अमेरिका, चीन र रुसका नौजना सदस्य रहनेछन् ।

तर, यस समितिको बैठक महासभा अघि बस्ने सम्भावना निकै कम छ । त्यसकारण त्यतिबेलासम्म गुलाम इसाकजई नै यूएनको लागि आफगानिस्तानका प्रतिनिधि रहनेछन् ।

तपाईको प्रतिक्रिया