Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं – चीनमा बालबालिकामा टिकटकको लत बढेपछि दिनमा ४० मिनेट मात्रै चलाउन पाइने समय सीमा तोकिएको छ । विश्वमै सबैभन्दा लोकप्रिय भिडिओ सेयरिङ एप टिकटक चीनमा ‘डुइन’ को नामबाट उपलब्ध छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

चीनमा सर्वाधिक लोकप्रिय एप डुइनका प्रयोगकर्तामा कम उमेरका किशोर-किशोरी सबैभन्दा बढी छन् । बालबालिका निकै झुम्मिन थालेपछि चिनियाँ टिकटकको मातृ कम्पनी बाइटडान्सले ब्लगपोस्मार्फत उनीहरूले अब बिहान ६ बजेदेखि राति १० बजेभित्र केवल ४० मिनेट मात्रै डुइन चलाउन पाउने घोषणा गरेको हो ।

आफ्नो वास्तविक पहिचानबाट डुइनमा खाता खोलेका १४ वर्षमुनिका बालबालिकाका लागि यो नियम लागू हुने कम्पनीले जनाएको छ । बालबालिकालाई डिजिटल लतबाट जोगाउन यस्तो सीमा तोक्ने आफू नै पहिलो प्लाटफर्म भएको दाबी पनि कम्पनीले गरेको छ । किशोरावस्थाका प्रयोगकर्तालाई सिकाइका लागि गुणस्तरीय सामग्री उपलब्ध गराउनका कडा मेहनत गरिरहेको पनि कम्पनीले जनाएको छ ।

चिनियाँ टिकटक डुइनमा खाता खोल्न न्यूनतम उमेर हद तोकिएको छैन । जति कम उमेरका बालबालिकाले पनि यसमा खाता खोल्न पाउँछन् । तर १८ वर्षभन्दा मुनिका प्रयोगकर्ताले खाता खोल्न अभिभावकको स्वीकृति लिनुपर्छ । टिकटकमा खाता खोल्न भने न्यूनतम उमेर १३ वर्ष तोकिएको छ । चीन सरकारले किशोरकिशोरीलाई प्रविधि प्रयोगमा नियन्त्रण गर्ने कदम चालेपछि डुइनले पनि प्रयोगको समय सीमा निर्धारण गरेको हो ।

गत महिनादेखि चीन सरकारले १८ वर्षमुनिका किशोर-किशोरी तथा बालबालिकाले शुक्रबार र बिदाका दिन एक घण्टा मात्र भिडियो गेम खेल्न पाउने, अन्य दिन नपाउने नियम लगाएको छ । यस्तै गत फेब्रुअरीदेखि चीनले विद्यार्थीलाई विद्यालयमा फोन प्रयोगमा पनि बन्देज लगाएको छ ।

तपाईको प्रतिक्रिया