सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

काठमाडाैं – भारतमा सैनिक हेलिकप्टर दुर्घटना हुँदा दुई जना पाइलटको ज्यान गएको छ । जम्मुको ऊधमपुर जिल्लामा मंगलबार बिहान भारतीय सेनाको हेलिकप्टर दुर्घटनामा परेको हो ।

जसमा पाइलट र को-पाइलट दुवैको ज्यान गएको छ । दुर्घटनापछि दुवैलाई भग्नावशेषबाट बाहिर निकालेका थिए । तर अस्पतालमा लगिएपछि दुवैको ज्यान गएको हो ।

पहाडी ऊधमपुर जिल्लाको माथिल्लो भागस्थित शिवगढ धारमा खराब मौसमका कारण यो दुर्घटना भएको हो । स्थानीयबासिन्दाले पाइलटलाई तानेर बाहिर निकालेका थिए । घटनाबारे अनुसन्धान भइरहेको भारतीय सेनाले जनाएको छ ।

तपाईको प्रतिक्रिया