शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडाैं – एएफसी महिला एसियन कप छनोटको पहिलो खेलमा नेपालले पराजय बेहोरेको छ । नेपाल फिलिपिन्ससँगको खेल २-१ले पराजित भएकाे हो ।

समूह एफअन्तर्गत उज्वेकिस्तानको जेएआर फुटबल मैदानमा खेलको दसौँ मिनेटमा विमला चौधरीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । उनले गीता रानाको क्रस बललाई हेडमार्फत पोस्टको दिशा दिएकी हुन् ।

खेलको ६३औँ मिनेटमा पूजा रानाको स्थानमा मैदान प्रवेश गर्दै विमला विकले सिनियर महिला टोलीबाट डेब्यु गरिन् । ९०औँ मिनेटमा तहनाई अन्निसको गोलमार्फत फिलिपिन्स खेलमा फर्कियो । थप गरिएको समयमा केमिली विल्सनले गोल गर्दै टोलीको जित पक्का गरिन् ।

अब नेपालले मंगलबार हङकङसँग दोस्रो खेल खेल्नेछ । उसलाई महिला एसियन कपमा छनोट हुने सम्भावना जीवित राख्न यो खेल जित्नैपर्ने दबाब सिर्जना भएको छ ।

तपाईको प्रतिक्रिया