शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडाैं – सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ ले एमसीसीकै कारण पाँच दलीय गठबन्धन नफुट्ने दावी गरेका छन् ।

आज जनकपुरमा नेकपा माओवादी केन्द्र प्रदेश-२ को प्रशिक्षण कार्यक्रम समापनपछि पत्रकार सम्मेलनमा प्रचण्डले आफूहरुका लागि एमसीसी भन्दा गठबन्धन नै महत्वपूर्ण रहेको बताएका हुन् । ‘संविधान लोकतन्त्र, गणतन्त्र, संविधान र राष्ट्रका लागि यो गठबन्धन बनेको हो’, उनले भने, ‘एमसीसीका कारण गठबन्धन फुट्दैन ।’

प्रचण्डले आफूहरु एमसीसीविरुद्ध नरहेको तर परिमार्जनसहित सर्वदलीय संयन्त्रबाट पास गर्नुपर्नेमा जोड दिएको बताएका छन् । अर्को फरक प्रसङ्गमा उनले जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीका कारण मन्त्रिपरिषद विस्तार नअड्कएको बताउँदै असोज ४-५ गतेभित्र सरकारले पूर्णता पाउने दाबी गरे ।

तपाईको प्रतिक्रिया