Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडाैं – बाँके प्रहरीले शुक्रवार दिउँसो ४ किलो सुनसहित दुई जना युवकलाई नियन्त्रणमा लिएको छ । काठमाडौंबाट सुन लिएर विमान मार्फत् नेपालगञ्ज पुगेका दुई जना युवकलाई चार किलो २१ ग्राम सुन सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा झापाका २६ वर्षीय अमिर लगुन विश्वकर्मा र मोरङका २६ वर्षीय बुद्धिमान खाती रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारीले बताए । उनीहरु शुक्रवार दिउँसो श्री एयरलाइन्सको विमानबाट नेपालगञ्ज पुगेका थिए । उनीहरुले लगाएको जुत्तामा प्रहरीले सुन फेला पारेको थियो ।

विश्वकर्माको दुवै खुट्टामा लगाएको जुत्ताबाट दुई/दुई वटा सुनको बिस्कुट र खातीको लगाएको जुत्ताको तलुबामा दुई वटा सुनको बिस्कुट बरामद गरेको थियो । जसको तौल ३ किलो ९ सय ९४ ग्राम थियो । त्यस्तै, बाँकी सुन बुद्धिमानले बोकेको झोलाबाट सुनका गहना सहित गरेर ४ किलो २१ ग्राम फेला परेको हो ।

अबैध तरिकाले सुन ल्याएको भन्दै प्रहरीले शुक्रवार राति उनीहरुलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक समेत गरिसकेको छ । तर, उनीहरुले आफुले सुन किनेर ल्याएको दाबी गर्दै आएको एसपी अधिकारीले जानकारी दिए । उनीहरुको साथबाट प्रहरीले सुनको तीन वटा रसिद समेत बरामद गरेको छ । काठमाडौंको बत्तिसपुतलीमा रहेको ज्वेलरीबाट सुन किनेको बिल फेला परेको छ ।

‘यसरी सुन किन्न मिल्छ कि मिल्दैन? शंका छ । उनीहरुमाथि त्यसैले हामीले थप अनुसन्धान गर्ने राजस्व अनुसन्धानलाई बुझाइसकेका छौं,’ एसपी अधिकारीले भने । उनीहरुले सुरुमा आफ्नै सुन भएको बयान दिएका थिए । तर, पछि भरिया भएको बयान दिएको प्रहरीको दाबी छ । उनीहरु सुनको कालीगढको रुपमा काम गर्दै आएको खुलेको छ ।

तपाईको प्रतिक्रिया