बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

भविष्य, काम, घरपरीवारको चिन्ता, शिक्षा लगायका कारणले मानिस तनावमा रहने गर्दछ । व्यस्त जीवन शैलीमा तनाव अधिकाशंका लागी आम भइसक्यो । तर लामो समयमा सम्म तनाव रहनु भने घातक हुने देखिएको छ । त्यसैले तनाव कम गर्न आवश्यक छ ।

यसकालागि केही महत्वपुर्ण टिप्स निम्न छन् :-

१. तनाव कम गर्न सबैभन्दा पहिले आफुलाई तनाव भएको कारण बुझ्नु पर्दछ । विशेषगरी ती मानिसबाट टाढा हुनुहोस् जसले तनाव बढाउँछन् ।

२. तनावलाई कम गर्न संगीत सबैभन्दा राम्रो विकल्प हुन्छ । तनाव भएको बेलामा मन भुलाउने संगित सुन्दा तनाव कम हुन्छ । तर पीडादायि संगित सुन्नु घातक हुनसक्छ ।

३. तनाव कम गर्ने अर्को विकल्प हो, दैनिक टहल्ने । दिनहुँ हिड्ने बानीको विकास गर्दा वा कुनै मिल्ने साथीलाई भेट्दा सहजै तनाव कम हुन पुग्दछ ।

४. व्यायामलाई रुटिनमा समावेश गरे शरिर र मस्तिष्कले आराम पाउँछ । साथै, व्यायामले मुड पनि ठिक पार्छ । तर यसकालागि नियमित व्यायाम गर्न आवश्यक छ ।

५. केही कुराले तनावमा पारिरहेको छ भने त्यसबारे परिवार, साथीभाइ, चिकित्सक वा थेरापिष्टसँग कुराकानी गर्दा पनि लाभ हुन्छ ।

६. तनाव व्यवस्थापनकालागि तनावको कारण खोज्नुहोस् । यदि तनावको वास्तविक कारण थाहा पाइयो भने आधा तनाव यत्तिकै कम हुनेछ ।

एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया