आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडाैं – काबुल विमानस्थलमा बिहीबार बम हमला गर्ने आतंकवादी संगठन इस्लामिक स्टेट खुरासान समूहको भारतीय सम्बन्ध खुलासा भएको छ । मिडिया रिपोर्ट्सका अनुसार केरलका १४ जना उक्त समूहमा संलग्न रहेको पाइएको हो ।

यो खुलासापछि भारत आफ्नो बदनाम हुने गम्भीर चिन्तामा परेको छ । हिन्दुस्तान टाइम्समा प्रकाशित खबरअनुसार तालिबानले अफगानी प्रान्त कब्जापछि जेलमा रहेका आफ्ना लडाकुलाई मुक्त गराएका थिए । यस क्रममा बगराम जेलबाट रिहा हुनेमा १४ जना केरलका पनि छन्, जसलाई खुरासान समूहले इस्लामिक स्टेटमा संलग्न गराएको छ ।

सन् २०१४ मा जब इस्लामिक स्टेट अफ सिरिया एन्ड लेभान्टले मोसुल कब्जा गर्‍याे तब केरलका मल्लापुरम, कारगोड र कन्नुर जिल्लाबाट भागेर धेरै जना स्थानीय उक्त समूहमा सहभागी भए । यीमध्ये धेरै जना अफगानिस्तानको नंगरहार गएर आईएसआईएस-केपीमा संलगन भए । –एजेन्सी

तपाईको प्रतिक्रिया