शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडाैं – अफगानिस्तानमाथि नियन्त्रण कायम गरेपछि तालिबानले बुधवार पहिलो पत्रकार सम्मेलन गर्दा प्रवक्ता जबिहुल्लाह मुजाहिदले सबैभन्दा धेरे बोले । सो ऐतिहासिक पत्रकार सम्मेलनमा उनले धेरै पत्रकारका प्रश्नको जवाफ दिए र शरिया कानुनका आधारमा महिलाहरूको हक अधिकारप्रति प्रतिबद्ध रहेको बताए ।

यो हेरिरहेका धेरै पत्रकारका लागि अर्को एउटा कुरा पनि महत्त्वपूर्ण थियो– उनीहरूले मुजाहिदको अनुहार पहिलो पटक देखिरहेका थिए । वर्षौँदेखि मुजाहिदले छायामा रहेर काम गरे र उनी फोनको अर्को तर्फको आवाज मात्रै थिए । बीबीसीकी याल्दा हकिमले एक दशकभन्दा लामो समयदेखि बोलिरहेका मुजाहिदले पहिलो प्रश्न नै महिला पत्रकारको लिँदा आफू छक्क परेको बताइन् ।

तालिबान प्रवक्ताले आफूहरूले भित्र वा बाहिर शत्रु नचाहेको बताउँदै मेलमिलापको कुरा गरे । तर हकिमले त्यो आवाज आफूले मुजाहिदबाट वर्षौँदेखि पाइरहेको सन्देशभन्दा निकै फरक रहेको बताइन् ।न कुर्सीमा बसेर मुजाहिदले बोले त्यो कुर्सीमा केही समय अगाडिसम्म दावा खान मेनापल बस्थे। मेनापल अफगानिस्तानको मिडिया केन्द्रका प्रमुख थिए जो यो महिनाको सुरुमा तालिबानद्वारा मारिए । त्यो बेला मुजाहिदले हत्याको जिम्मेवारी लिँदै मेनापल विशेष आक्रमणमा मारिएका बताएका थिए ।

न्यूयोर्क टाइम्सका पत्रकार शारिफ हसनले ट्वीटमा लेखे- ‘मैले उनीसँग धेरै पटक फोनमा कुरा गरेको छु र एसएमएस गरेको छु। तर मैले उनको अनुहार देखेको यो पहिलो पटक हो ।’ वर्षौँसम्म अनुहार नदेखिएका प्रवक्ता एक व्यक्ति हुन् कि धेरै जना भन्ने अनुमान गरिन्थ्यो । -बीबीसी

तपाईको प्रतिक्रिया