शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौं – तालिबानले अफगानिस्तानको राजधानी काबुलमा सर्वसाधारणबाट हतियार सङ्कलन गर्न थालेको बताएका छन् । अब नागरिकलाई आफ्नो सुरक्षाका लागि हतियारको आवश्यकता नभएको तालिबानका एक अधिकारीले बताएका छन् ।

बीबीसीको अरबी सेवाका अनुसार तालिबानका एक अधिकारीले भनेका छन्, ‘नागरिकले आफ्नो सुरक्षाका लागि हतियार राख्दै आएका थिए । अब उनीहरू सुरक्षित महसुस गर्न सक्छन् । हामी यहाँ सर्वसाधारणलाई नोक्सान पुर्‍याउन आएका होइनौं ।’ तालिबानका हतियारधारी लडाकु सोमवार स्थानीय टीभी च्यानल टोलो न्युजको भवन पुगेर त्यहाँका सुरक्षाकर्मीको हतियार लिएका थिए ।

टोलो न्युजले एक ट्वीट गर्दै भनेको छ, ‘तालिबान काबुलमा रहेको हाम्रो भवनमा आए, हाम्रा सुरक्षाकर्मीबारे हतियारको बारेमा सोधे । हामीलाई सरकारले दिएको हतियार फिर्ता लिए र हामीलाई सुरक्षित राख्ने वचन दिएका छन् ।’ आफ्नो टीभी च्यानल विना कुनै रोक चलिरहेको र सबै कर्मचारी सुरक्षित भएको टोलो न्युजले बताएको छ ।

तपाईको प्रतिक्रिया