शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौं – अफगानिस्तानको काबुल विमानस्थलमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ ।विमानस्थलको प्यासेन्जर टर्मिनलमा तीन जनाको मृत्यु भएको जनाएको छ ।

यद्यपि उनीहरुलाई कसले चलाएको गोली लागेर मृत्यु भएको भन्ने खुलेको छैन । यसअघि विमानस्थलमा भीड बढेसँगै नियन्त्रणका लागि अमेरिकी सेनाले पनि गोली चलाएको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा आएका थिए ।

गोली चलेसँगै विमानस्थलको सबै व्यावसायिक उडान रद्द गरिएको छ भने सैन्य उडान मात्र सञ्चालन गरिएको छ ।

तपाईको प्रतिक्रिया