शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौँ – अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेर राष्ट्रपति भवन कब्जामा लिएसँगै तालिबानले विजय भएको दाबी गरेका छन् । त्यहाँको सरकार गिरेको छ र राष्ट्रपति अशरफ गनी देश छाडेर भागेका छन् ।

तालिबानका एक प्रवक्ताका अनुसार अफगानिस्तानमा युद्ध सकिएको छ । ‘हामीले चाहेको कुरा प्राप्त गरेका छौँ, हाम्रो देशको मुक्ति अनि हाम्रा जनताको स्वतन्त्रता,’ उनले भने । उनले अब फेरि विदेशी शक्तिहरूले अफगानिस्तानमा तिनको विगतको विफल अनुभव नदोहोर्‍याउने आफूहरूले ठानेको बताए ।

तालिबान राजधानी काबुल प्रवेश गर्नासाथ आइतबार अफगानिस्तानका राष्ट्रपति असरफ गानी मुलुक छाडेर भागेका थिए । झन्डै ६ हजार अमेरिकी सैनिक काबुलमा तैनाथ भएकै बेला तालिबानहरू आइतबार साँझ राष्ट्रपति कार्यालयमा प्रवेश गरेका हुन् । तालिबान लडाकु र कमाण्डरले राष्ट्रपति बस्ने कुर्सीमा बसेर तस्बिरहरू खिचेका थिए ।

-एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया