शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौं — अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिकनले अमेरिकाको अफगान मिसन सफल भएको प्रतिक्रिया दिएका छन् । तालिवानी लडाकुले अमेरिकी सेनाले अफगान छाडेकाे केही समयमै काबुलमा कब्जा जमाएकाे बेला उनले यस्तो बताएका हुन् ।

उनले अमेरिकी दूतावासलाई काबुल विमानस्थलमा सारिएको पनि बताएका छन् । उनले अफगानिस्तानको वर्तमान अवस्थालाई भियतनाम युद्धसँग तुलना गरिएको भन्दै आपत्ति समेत जनाएका छन् ।

राष्ट्रपति जो बाइडेनका आलोचक तथा रिपब्लिकन सांसदहरुले अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता भएको विषयलाई भितनामी युद्धसँग तुलना गरिरहेका बेला उनले यस्तो बताएका हुन् ।

तपाईको प्रतिक्रिया