शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडाैं – तालिबान विद्रोही समूह अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेका छन् । उनीहरू सबै क्षेत्रबाट प्रवेश गरिरहेका रोयटर्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

तालिबानले राजधानी काबुल कब्जाको प्रयास थालेको छ । देशका अन्य शहर कब्जामा लिएको तालिबानले काबुल कब्जाको प्रयासमा लागेको हो । तालिबानले तोर्खाम सीमा पार गरेको छ । अफगानिस्तानका आन्तरिक मामिला मन्त्रीकाअनुसार तालिबानले काबुलमा चारैतिरबाट आक्रमण शुरू गरेका छन् ।

तालिबान लडाकूहरु काबुलको बाहिरी इलाकामा प्रवेश गरेपछि आतंकित कर्मचारीहरु सरकारी कार्यालयहरुबाट भागेका छन् । साथै अमेरिकी हेलिकप्टर दूतावासमा अवतरण भएको छ । आफ्ना कर्मचारीलाई सुरक्षित राख्नका लागि अमेरिकी हेलिकप्टर दूतावासमा अवतरण भएको हो ।

लडाकुहरूले पूर्वी शहर जलालाबादमाथि आइतवार बिहानै नियन्त्रणमा लिएका थिए । अर्को महत्वपूर्ण उत्तरी शहर मजार-ए-शरिफमाथि कब्जा जमाएको भोलिपल्ट लडाकुहरूले पछिल्लो सफलता हासिल गरेका हुन् ।

तपाईको प्रतिक्रिया