Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

काठमाडौं — बेल्जियमका स्ट्राइकर रामेलु लुकाकु सात वर्षपछि इंग्लिस क्लब चेल्सीमा फर्किएका छन् । हालै मात्र सम्पन्न सिरिए लिगमा इन्टर मिलानलाई लुकाकुले च्याम्पियन बनाएका हुन् । इन्टर मिलानसँग सम्झौता नवीकरण नगरी लुकाकु चेल्सीमा नौ करोड ८० लाख पाउन्डमा अनुबन्ध भएको बेलायती एजेन्सीहरूले जनाएका छन् । सन् २०१४ मा लुकाकुले चेल्सी छाडेर एभर्टनमा आबद्ध भएका थिए । त्यसपछि लुकाकुले म्यानचेस्टर युनाइटेड तथा सिरिए लिग च्याम्पियन इन्टर मिलानसँग आबद्ध भए ।

प्रशिक्षक थोमस टुचेलले लुकाकुलाई अनुबन्ध गर्दै इंग्लिस प्रिमियर लिग च्याम्पियन हुने बलियो आधार बनाएका छन् । लुकाकुले चेल्सीसँग गर्नुपर्ने सबै सम्झौतापत्रका हस्ताक्षर गरेका छन् । उनी अब तीन नम्बरको चेल्सीको जर्सीमा देखिनेछन् । सात वर्षपछि चेल्सीसँग पुनः अनुबन्ध हुन पाउँदा ज्यादै खुसी लागेको लुकाकुले बताएका छन् ।

सात वर्षअघि चेल्सीमा रहँदा धेरै पक्ष सिक्न बाँकी रहेको र यो अवधिमा आफू परिपक्व खेलाडीका रूपमा भित्रिएको लुकाकुले जनाएका छन् । ‘सात वर्षअघिको कुरा गर्दा त्यसवेला म सानै थिएँ, फुटबलमा धेरै कुरा सिक्न बाँकी नै थियो,’ सम्झौतापछि उनले भने, ‘अहिले एक परिपक्व खेलाडीका रूपमा चेल्सीमा भित्रिएको छु, यो वेला म आफूलाई भाग्यमानी भन्छु ।’ लुकाकुले चेल्सीसँग पाँच वर्षको सम्झौता गरेका हुन् ।

लुकाकुले च्याम्पियन्स लिग विजेता चेल्सीलाई प्रिमियर लिग च्याम्पियन बनाउने योजना रहेको बताएका छन् । ‘चेल्सीलाई केही उपाधि दिलाउने मेरो धोको हो,’ उनले भने, ‘योजना पूरा गर्न निकै मिहिनेत गर्छु ।’ सन् २०१९–२१ सम्म उनी इन्टर मिलानमा थिए । यसक्रममा लुकाकुले इन्टरलाई एक दशकपछि सिरिएको उपाधि दिलाए । उनले इन्टर मिलानबाट ७२ खेलमा ४७ गोल गरेका छन् । यसैगरी सन् २०१७ देखि ०१९ सम्म म्यानचेस्टर युनाइेटडबाट ६६ खेलमा लुकाकुले २८ गोल गरेका थिए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया