शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौं – अमेरिकाले अफगानिस्तानको राजधानी काबुलस्थित आफ्नो दूतावासमा कार्यरत केही कर्मचारीहरुलाई त्यहाँबाट फर्काउने भएको छ । ती कर्मचारीहरुलाई सहयोग गर्न उसले ३ हजार सेनाको टुकुडी अफगानिस्तान पठाउने भएको हो ।

अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले कर्मचारीहरुलाई योजनावद्ध रुपमा हटाउन लागिएको बताए । यसका बाबजुद दूतावास भने खुलै रहने उनले बताए । काबुलमा सुरक्षा अवस्था खराब हुँदै गएकाले दूतावासका कर्मचारीहरुको संख्या घटाउन लागिएको उनले बताए ।

पेन्टागनका प्रवक्ता जोन किर्बिले दूतावासका कर्मचारी फर्काउन तथा अफगान-अमेरिका स्पेशल इम्मिग्रेन्ट भिसा (एसआईभी) निवेदकहरुलाई सुरक्षा प्रदान गर्न ३ हजार सेना पठाउन लागिएको पुष्टि गरे ।

यी सैनिकहरु अफगानिस्तानमा लामो समय नबस्ने उनले बताएका छन् । ‘यो साँघुरो फोकससहितको अस्थायी मिसन हो,’ उनले भने । यद्यपि, आफूमाथि आक्रमण भएमा अमेरिकी सेनाले पनि जवाफ फर्काउने चेतावनी उनले दिए । एजेन्सी

तपाईको प्रतिक्रिया