Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

काठमाडाैं – स्पेनिस क्लब बार्सिलोनाले आफ्ना कप्तान लियोनल मेस्सीलाई बिदाइ गरेको छ । क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै अर्जेन्टिनी फरवार्डलाई बिदाइ गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पत्रकार सम्मेलनमा आफ्ना इच्छा क्लब छाड्ने नरहेको बताउँदै मेस्सीले आँसु झारेका थिए । ‘म बार्सिलोना छाड्न चाहन्नथेँ । किनकि, म यो क्लबलाई निकै माया गर्छु । मैले यस्तो अवस्था आउला भन्ने सोचेको थिइन,’ मेस्सीले भने, ‘गत वर्ष म क्लब छाड्न चाहन्थेँ, त्यो सम्भव भएन । तर, यो वर्ष क्लबमै रहने इच्छा पूरा हुन सकेन । त्यसैले म दुखी छु ।’

मेस्सीले आफूबिना पनि बार्सिलोना अगाडि बढ्ने विश्वास लिएको बताए । ‘अध्यक्षले भने जस्तै खेलाडीभन्दा क्लब ठूलो हो । कुनै खेलाडी आउन जाने सामान्य प्रक्रिया हो,’ मेस्सीले भने, ‘अहिले पनि क्लबमा राम्रो खेलाडी छन् र भविष्यमा पनि आउने छन् ।’

ला लिगाको आर्थिक संरचनाका कारण मेस्सी र बार्सिलोनाबीच सम्झौता नवीकरण हुन नसकेको हो । बार्सिलोनाको एकेडेमीमा हुर्किएका मेस्सीले सन् २००४ देखि सिनियर टोलीबाट खेल्न थालेका हुन् । बार्सिलोनामा १९ वर्ष बिताउँदा उनले क्लबका लागि १० ला लिगा, ४ च्याम्पियन्स लिग लगायत थुप्रै उपाधि हात पारे । बार्सिलोनाका सबैभन्दा सफल खेलाडी मेस्सीले क्लबका लागि ७७८ खेलमा ६७२ गोल गरेका छन् ।

तपाईको प्रतिक्रिया