काठमाडौँ – टोकियो ओलम्पिक २०२० अन्तर्गत ब्राजिलले लगातार दोस्रो पटक पुरुष फुटबलमा स्वर्ण पदक जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा ब्राजिलले स्पेनलाई २-१ गोल अन्तरले पराजित गर्दै ओलम्पिक स्वर्ण पदक जितेको हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
निर्धारित ९० मिनेटमा दुवै टिमबाट १-१ गोल भएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा गएको थियो । ब्राजिलका लागि खेलको १०८औँ मिनेटमा मालकमले निर्णायक गोल गर्दै खेल जिताएका थिए । यस अघि ब्राजिलका माथ्युस चुनाले खेलको ४५औँ मिनेटमा र स्पेनका लागि मिकेल ओयारआबालले खेलको ६१औँ मिनेटमा गोल गरेका थिए ।
खेलमा ब्राजिल रिचार्लिशनले ३८औँ मिनेटमा पाएको पेनाल्टी मिस गरेका थिए । यो हारपछि स्पेनले फुटबलमा रजत पदक जितेको छ । त्यस्तै शुक्रबार भएको खेलमा मेक्सिकोले जापानलाई पराजित गर्दै काश्य पदक जितेकोको थियो ।
प्रकाशित मिति: शनिबार, साउन २३, २०७८
प्रकाशित समय: २३:१५:१३