सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडाैं – नेपालमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या अब १० हजार नाघेको छ । पछिल्लो २४ घन्टामा कोरोनाभाइरस संक्रमणबाट २५ जनाको पुष्टि भएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० हजार नाघेको हो ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको हो । नेपालमा पहिलो पटक कोरोनाभाइरस संक्रमणबाट ३ जेठ २०७५ मा २९ वर्षीया सुत्केरीको धुलिखेल अस्पतालमा निधन भएको थियो ।

तपाईको प्रतिक्रिया