आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडाैं – बंगलादेशको एक खाद्य उद्योगमा भीषण आगलागी भएको छ । आगलागीमा परी कम्तिमा ५२ जनाको मृत्यु भएको समाचार एजेन्सी एएफपीले जानकारी दिएको छ । ३० भन्दा बढी घाइते भएका छन् ।

एएफपीका अनुसार बंगलादेशको राजधानी ढाकाबाट २५ किलोमिटर पूर्वमा रहेको औद्योगिक शहर रुपगन्जमा रहेको उद्योगमा आगलागी भएको हो । आगलागी सुरु भएपछि उद्योगमा कार्यरत केही मजदुरहरु माथिल्लो तलबाट हामफालेका थिए । धूवाँ फैलिएपछि थुप्रै कर्मचारीहरु भागेर छतमा पुगेका थिए । उनीहरुलाई डोरीको सहायताले तल झारिएको थियो ।

बिहीबार राति आगलागी सुरु भएको बंगलादेशको सुरक्षाकर्मीलाई उद्धृत गर्दै एएफपीले खबर दिएको छ । कारखानाका काम गर्ने कर्मचारीका आफन्तहरुको बाहिर ठूलो भीड लागेको थियो ।

तपाईको प्रतिक्रिया