शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले राहत तथा उद्दारका लागि सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकालाई दुई करोड सहयोग गर्ने घोषणा गरेको छ । नगरसभाको नवौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले यस्तो घोषणा गरेका हुन् ।

मेलम्चीस्थित इन्द्रावती नदीमा आएको बाढी त्यसले गरेको धन-जनको क्षतिपछिको राहत तथा उद्धारका लागि त्यो रकम सहयोग गर्ने घोषणा गरेको प्रमुख शाक्यले बताए । मेलम्ची नगरपालिका काठमाडौँ महानगरसँग भगिनी सम्वन्ध स्थापित छ ।

 उक्त नगरलाई यसअघि पनि नगर-नगर साझेदारी कार्यक्रम अन्तरगत महानगरपालिकाले मेलम्ची नगरपालिका-१० मेलम्ची बजार नजिक इन्द्रावती किनारमा जोडिएको स्थलमा पानीको फोहरा, हेलिप्याड, पर्यटक विश्रामस्थल, बालबालिका खेलकुद कक्षसहितको रमणीय तथा पर्यटकीय मेलम्ची सिटी पार्क बनाउन १ करोड ५० लाख रकम अनुदान दिने सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो ।

तपाईको प्रतिक्रिया