काठमाडौं – नेपालकी पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्धन ओलम्पिकमा छनोट भएकी छन् । उनी वाइल्ड कार्डबाट ओलम्पिकमा छनोट हुन सफल भएकी हुन् ।
पलेसा नेपालको प्रतिनिधित्व गर्दै पारा तेक्वान्दोबाट ओलम्पिकमा छनोट भएकी पहिलो खेलाडी हुन् । उनी जन्मजात अपांग हुन्। उनको दाहिने हातले काम गर्न सक्दैन । उनको दाहिने हातको नाडीमुनिको भाग जन्मजातै छैन । तर, पलेसाले अन्य खेलाडीले जस्तै प्रतियोगिता खेल्न सक्छिन् ।
पलेसाले २०७४ मै लण्डनमा सम्पन्न विश्व पारा तेक्वान्दो च्याम्पियनसिप खेलेकी थिइ न्। त्यसबेला पनि पलेसा पाँचौ स्थानमा रहेकी थिइन् । काठमाडौँ डोजाङमा निर्मल श्रेष्ठबाट तेक्वान्दो सिकेकी पलेसाले २०७५ सालमा भियतनामको होचिमिन्हमा सम्पन्न चौथो एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक जितेकी थिइन् ।
नेपालका लागि सुरुवाती प्रतियोगितामा पदक ल्याउन नसकेकी उनले तेस्रो सहभागिता कास्य पदक जितेकी थिइन् । पलेसाले अब ओलम्पिकमा उपाधि जित्ने योजना बनाएकी छन् ।